विप्लवद्वारा देशव्यापी संघर्षको घोषणा

काठमाडाैं: सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । कोभिड १९ महामारीबाट प्रताडित जनतालाई राहत दिनुको सट्टा राज्यले न्यूनतम दायित्वबाट पन्छिने कार्य गरेको भन्दै त्यसविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
पार्टीका महासचिव विप्लवले बुधवार एक विज्ञप्ति जारी गर्दै संघर्षका विशेष कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रमअन्तरगत कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस गर्ने उल्लेख छ ।
र, यो पनि
- अब सेनाको निगरानीमा विप्लव समूह
विप्लवले सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थोपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । ‘कोभिड महामारीको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउनुको सट्टा सरकार स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको दायित्वबाट समेत पन्छिने कार्य अत्यनै निष्कृष्ट र अमानवीय विषय हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सम्पूर्ण जनतालाई कोभिडको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।’
साथै महामारीमा पनि ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायतलाई आर्थिक सुविधा दिन समेत माग गरिएको छ। सरकार र सम्बन्धित निकायले स्वास्थ्य संकटलाई पनि भ्रष्टाचार गर्ने माध्यमका रुपमा प्रयोग गरेको भन्दै जनस्वास्थ्यमा खेलबाड नगर्न चेतावनी दिएको छ ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया