मन्त्री साह सवार गाडीको ढक्करबाट पैदलयात्रु घाइते

जनकपुरधाम : शहरी विकास मन्त्री प्रभु साहले चढेको गाडीको ठक्करबाट पैदलयात्रु घाइते भएका छन् । शनिवार रौतहटबाट महोत्तरी जादै गरेको मन्त्री साह सवार गाडीको ठक्करबाट सर्लाहीको हरिवनमा लालबन्दी-८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीको ठक्करबाट पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा तामाङ घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
ठक्कर पश्चात मन्त्री साह घाइतेको उध्दार नगरी गाडी लिएर फरार भएपछि स्थानीय प्रहरीको टोलीले घाइतेलाई उपचारको लागि अस्पताल पुर्याएको प्रत्यक्षदर्सी हरिस बनियाँले जानकारी दिए । घटना पश्चात केहीबेर मन्त्रीले गाडी रोकेपनि स्थानीय र बटुवा जम्मा हुन लागेपछि गाडी लिएर मन्त्री साह फरार भएको बानियाँले सञ्चारकर्मीहरूसँग बताए ।
तर, मन्त्री साहले भने आफू सवार गाडीको ठक्करबाट कोही पनि घाइते नभएको बताएका छन् । मन्त्री सवार गाडीको ठक्करबाट पैदलयात्रु घाइते भएको भन्ने समाचार भ्रामक भएको मन्त्री साहले बताएका छन् । तर हरिवनकै स्थानिय बानियाँले भने सिसिटिभी फुटेज सामाजिक सञ्जालमा राखेर मन्त्रीले झुठो बोलेको दाबी गरेका छन् ।
घाइतेको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया