नेकपालाई अब विभाजनबाट रोक्न सकिन्न : पौडेल

काठमाडौँ : नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीलाई अब विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार नेकपा बागमती प्रदेश सम्पर्क समितिले आयोजना गरेको कार्यकर्ता भेलामा उनले पुष्पकमल दाहाल र माधवकुमार नेपाल नै पार्टी विभाजन गर्न लागि परेकाले अब पार्टीलाई विभाजनबाट जोगाउन सम्भव नभएको बताए ।
पौडेलले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जान गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने बताए । आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधि सभा विघटन गर्नुपरेको उनको दाबी छ ।
सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधि सभा विघटन भएको पौडेलले बताए । नेकपाका अर्का अध्यक्ष दाहालले पार्टीको सचिवालय बैठकमा पेस गरेका आरोपपत्र नै पार्टी विभाजनको मुख्य कारण रहेको आरोप पनि लगाए । दाहालले आफू प्रधानमन्त्री बन्नकै लागि ओलीलाई हटाउन खोजेको उनको भनाइ छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया