शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

सरकारले असफलता लुकाउन प्रतिनिधि सभा विघटन गर्‍यो : वैद्य

काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले प्रतिनिधि सभा विघटन गर्नु सरकारको असफलता भएको बताएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बैद्यले प्रधानमन्त्रीको दम्भका कारण प्रतिनिधि सभा विघटन भएको बताए । 

उनले प्रतिनिधि सभा विघटनपछि मुलुक थप संकटमा पुगेको र उपलव्धी नै गुम्‍ने खतरा सिर्जना भएको तर्क गरे । संविधान अनुसार सरकार बनाए पनि नेकपाले संविधानलाई नै प्रहार गरेको उनको भनाइ छ ।

वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता गरिने उनले बताए ।