ट्रम्पको कार्यकालमै पहिलोपटक रक्षा खर्चबारे राष्ट्रपतिको भिटोलाई संसद्ले उल्ट्यायो

अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ । उनको राष्ट्रपतीय कार्यकालमा पहिलोपटक संसद्ले यस्तो गरेको हो ।
नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा यस कदमबारे छलफल गर्न सत्र सञ्चालन गरेको थियो । सिनेटमा ८१ जनाले यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएका थिए । उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको न्याश्नल डिफेन्स अथोराइजेसन एक्ट एनडीएए पारित गरेका छन् ।
जसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको छ ।
अमेरिकी संसद्को दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ । नयाँ परित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको रक्षा नीतिका लागि खर्च जुटाउनेछ । अबको केही सातामा कार्यकाल सकिन लागेका ट्रम्पले विधेयकको केही व्यवस्थाबारे प्रश्न उठाएका थिए ।
अमेरिकी संसद्मा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि यस्तो विकासक्रम देखिएको हो । अफ्गानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने बिषयलाई सिमित पार्ने बिषयमा ट्रम्पको असन्तुष्टि रहंदै आएको थियो ।
अफगानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई सीमित पार्ने विषयमा ट्रम्पको असन्तुष्टि रहँदै आएको थियो । सत्र सुरु हुनुअघि सिनेटका रिपब्लिकन नेता मिच मक्कोनेलले उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले भनेका थिए: 'हामीले ५९ वर्षदेखि लगातार यस विधयेक पारित गर्दै आएका छौँ । आइतवार संसद् सकिनुअघि हामीले एक वा अर्को रूपबाट यसलाई पारित गर्छौँ ।'
ट्रम्प के चाहन्थे ?
उनले उक्त विधेयकले सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी स्पष्ट गर्ने व्यवस्थालाई समेत हटाउन चाहन्थे । मतदानपछि ट्रम्पले ट्वीटमार्फत् प्रतिक्रिया जनाएका छन्, 'हाम्रो रिपब्लिकन सिनेटले सेक्सन २३० बाट मुक्ति पाउने अवसर गुमाएको छ । जसले ठूला प्रविधि कम्पनीलाई असीमित अधिकार दिएको छ । दयनीय !'
संसद्ले पारित गरेको विधेयक कानुन बन्नका लागि राष्ट्रपतिको हस्ताक्षर आवश्यक पर्छ । तर कहिलेकाहीँ आफ्ना नीतिगत असन्तुष्टिका कारण राष्ट्रपतिले त्यसमाथि भिटो प्रयोग वा अस्वीकार गर्न सक्छन् ।
त्यसलाई दुवै सदनबाट दुईतिहाइ मतले पारित गरेर संसद्ले त्यस्तो भिटोलाई उल्टाउन सक्छन् । राष्ट्रपति ट्रम्पले यसअघि आठवटा विधेयकमा भिटो प्रयोग गरेका थिए । र ती सबैलाई त्यहाँ उनका रिपब्लिकन सांसद्हरूले साथ दिएका थिए । झण्डै एक वर्ष समय खर्चिएर तयार पारिएको ४,५०० पृष्ठको उक्त विधेयकलाई ट्रम्पले 'चीन र रुसबाट आएको उपहार' बताएका छन् । बीबीसी

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उड्न सकेनन् लडाकु विमान

बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला
किभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त

प्रतिक्रिया