बन्द प्रशिक्षणमा सहभागी हुन खेलाडीलाई आइतबार साँझसम्मकाे समय सीमा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) र पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीहरूबीचको विवाद जारी छ । क्यानले पछिल्लो समय डाकेको बन्द प्रशिक्षणमा पनि उनीहरू पुगेका छैनन् । सबै खेलाडीलाई शनिबार साँझसम्म मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सम्पर्कमा पुग्न समय दिइएको थियो । तर ज्ञानेन्द्र मात्रै होइन दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी पनि दासनायकेको सम्पर्कमा पुगिसकेका छैनन् ।
यी चार खेलाडीसहित कुल १२ खेलाडी बन्द प्रशिक्षणमा नपुगेको बताइएको छ । टि–ट्वान्टी विश्वकप ग्लोबल छनौटका लागि क्यानले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । बन्द प्रशिक्षणमा नपुगेका सबै खेलाडीको विवरण सार्वजनिक गरिएको छैन । मुख्य प्रशिक्षक दासनायकेलाई रिपोर्ट गर्ने समय आइतबारसाँझ सम्मका लागि तन्काइएको छ ।
यसैबीच आइतबार ज्ञानेन्द्र र क्यान अध्यक्ष चतुर बहादुर चन्दबीच छलफल भएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले कप्तान सम्बन्धी निर्णय परिवर्तन गर्न क्यान अध्यक्ष चन्दलाई आग्रह गरेका थिए । जवाफमा चन्दले वर्गीकरणको विषयलाई सम्बोधन गर्न सकिने भए पनि कप्तानमा भने सन्दीप लामिछाने नै रहने प्रष्ट पारेका छन् ।
सोही भेटमा ज्ञानेन्द्रले क्यानले आफूलाई जबरजस्ती राष्ट्रिय टिमबाट हटाउनका लागि प्रपञ्च गरेको हो कि भन्ने प्रश्न पनि राखेको बताइएको छ । उनले आफूलाई बन्द प्रशिक्षणमा बोलाउने तर त्यहीबाट राष्ट्रिय टिमको ढोका बन्द गरिने हो कि भनेर चिन्ता जाहेर गरेको पनि स्रोतका भनाइ छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया