प्रतिनिधि सभा विघटनविरुध्द १०१ लेखक-साहित्यकारको विरोध

बुटवल : रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् । एक सय एक जना लेखक-साहित्यकारहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरोध गरेका हुन् ।
उनीहरुले संविधानको मर्म, व्यवस्था र जनआकांक्षा विपरीत रहेको ठहर गर्दै प्रतिनिधि सभा विघटन गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धीमाथिको कुठाराघात भन्दै उनीहरुले गम्भीर खेद प्रकट गरेका छन् । समाधानका अनेक बन्दोबस्त हुँदाहुँदै राजनीतिक सङ्कटका बहानामा बहुमतको सरकारले प्रतिनिधि सभा भंग गर्नु जनताको सङ्घर्ष, बलिदान र उपलब्धिमाथिको कुठाराघात भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
'कोभिड-१९ को महामारी र त्यसले उत्पन्न गरेका बेरोजगारी, महँगी, गरिबी र आय असमानता अहिले अजङ चुनौतीका रूपमा देखिएका छन् । यो बेला जनजीविका र जनस्वास्थ्यको विषय मुख्य मुद्दा हुनुपर्ने हो । सामाजिक सुरक्षा र आर्थिक सन्तुलनका लागि सरकार र सम्पूर्ण राजनीतिक दलहरूको ध्यान केन्द्रित हुनुपर्ने हो' जारी विज्ञप्तिमा भनिएको छ 'तर, जनजीविका र जनस्वास्थ्यका प्रश्नमा लामो समयदेखि मौन रहेर सत्ताको दाउपेचमा सीमित हुनुले दलहरू र राजनीतिप्रति नै वितृष्णा सिर्जना भइरहेकोछ । यही वितृष्णा नै गणतन्त्र र लोकतन्त्रको निम्ति चुनौती बन्न सक्दछ । तसर्थ राजनीतिक समस्याको संवैधानिक निरूपण गरिनुपर्दछ ।'
राजनीतिक मुद्दाको कुनै पनि विषयमा दलहरूको भाषा र व्यवहार लोकतान्त्रिक संस्कृति अनुकुल नरहेको उनीहरुको निष्कर्ष छ । राजनीतिक उतारचढावका कारण सिर्जित समस्याहरूलाई संविधानको दायरामा रहेर नै समाधान गर्न सकिने उनीहरुको भनाई छ । 'त्यसरी मात्र लोकतन्त्र र गणतन्त्रको रक्षा हुन सक्दछ । जनताको अथक सङ्घर्षले हासिल भएका उपलब्धिहरू संस्थागत हुन सक्दछन् । हामी राजनीतिक दलका नेताहरूलाई वचन तथा कर्ममा संयम अपनाई गम्भीर र सचेत रहन अपिल गर्दछौं' विज्ञप्तिमा भनिएको छ ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SmOsZHNLlf_zezpvt4qfpeepgijas1vn0tffc0lfva9igxyzv973wihqfecf52jwpfntmgv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया