शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवार छान्‍न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज बस्‍दैछ ।  बैठक आज बिहान बस्न लागेको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्‍नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ ।

केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । 

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।