कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं : पुस १० गतेबाट स्थगित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा विघटनविरुध्द १३ गते मुलुकभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गर्दै स्थागित भएको केन्द्रीय कार्यसमिति बैठक आज बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि आकस्मिक रुपमा पुस ७ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले सरकारको सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक भएको निर्णय गरिसकेको छ ।
कांग्रेसमा प्रतिनिधिसभा विघटनविरुध्द तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ । संस्थापन पक्ष अदालतको निर्णय पर्खनु पर्ने बताइरहेको छ । नेता रामचन्द्र पौडेल समूह भने तत्काल आन्दोलनमा जानु पर्ने बताइरहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया