हावाहुरी पीडितलाई राहत वितरण
भोजपुर : टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरीले मकैबाली नष्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नं १ सुम्लिखा, खम्बुखा र सावा पाङखाङका १७० परिवारलाई चामल वितरण गरिएको हो ।
गाउँपालिकाले प्रत्येक परिवारलाई ५० किलोका दरले चामल वितरण गरेको जनाएको छ । सो क्षेत्रमा मुख्यरुपमा मकै खेती हुने गरेको छ । फल लाग्ने बेलामा आएको हावाहुरीले सम्पूर्ण मकैबाली नष्ट भएको थियो । पीडितका लागि गाउँपालिकाले रु. पाँच लाख लागतमा २४४ बोरा चामल खरिद गरेर ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । रासस

२५ रोपनीमा अकबरे खुर्सानी खेती गरिरहेका राई

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

नक्कली नोटसहित दुई जना पक्राउ

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
घुम्न जाउँ मिक्वाखोको लामपोखरी

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

प्रतिक्रिया