दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा कोहली अनुपस्थित, हनुमान बिहारी पहिलो एघारमा

काठमाडौँ- भारतीय टेस्ट टिमका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् । जोहानेसबर्गमा सोमबारबाट सुरु दोस्रो टेस्टमा कोहलीको सट्टा केएल राहुलले भारतीय टिमको कप्तानी गरिरहेका छन् । कोहली ढाडको समस्याका कारण मैदानबाहिर रहने भएका हुन् ।
‘विराटको अपर ब्याकमा मसल स्पाजमको समस्या देखिएको छ । यसकारण उनी यो टेस्टका लागि उपलब्ध छैनन् । उनी तेस्रो टेस्टका लागि टिममा हुनेछन् भन्ने आशा राखेका छौँ,’ टसका बेला राहुलले भने । कोहलीको स्थानमा हुनमान बिहारीलाई पहिलो एघारमा राखिएको छ ।
कोहलीले भारतीय टिमका लागि ९८ टेस्ट खेलिसकेका छन् । दक्षिण अफ्रिाकामा उनले १०० औँ टेस्ट पूरा गर्ने अपेक्षा गरिएको थियो । तर जोहानेसबर्गमा सुरु भएको दोस्रो टेस्ट गुमाएपछि केपटाउनमा हुने तेस्रो टेस्टमा उनले एक सय टेस्ट पूरा गर्ने सम्भावना सकिएको छ ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया