तोकिएकै समयमा भूमि समस्या समाधान गर्न निर्देशन
काठमाडाैँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तोकिएको कार्य निर्धारित समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छिन् ।
राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीसँग आज भएको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानुनी रूपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै जानकारी गराउन निर्देशन दिएकी हुन् ।
भूमि समस्या समाधान गर्न कुनै व्यवधान भए तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । उनले भनिन्, 'यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न पाइँदैन, भूमिसम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजनाअनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्न गर्नुहोस् ।'
बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएकोे थियो । कार्यक्रममा मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारीताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिनदेखि नै प्रभावकारी रूपमा काम गर्दै आएको र सरकारले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू तत्पर रहेको बताए । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अघिल्लो आयोगले गरेको कामको स्वामित्व ग्रहण गर्दै परिवर्तित सन्दर्भअनुसार छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । रासस

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया