लघुवित्तलाई दबाबमूलक मर्जर र प्राप्तिमा लैजाँदै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले लघुवित्तलाई दबाबमूलक मर्जरमा लैजाने भएको छ । ‘घ’ वर्गका वित्तीय संस्था अर्थात् लघुवित्तमा कुनै बैंक तथा वित्तीय संस्थाहरूमा कुनै वाणिज्य बैंक, विकास बैंक वा वित्त कम्पनीको ५१ प्रतिशत सेयर लगानी रहेको छ भने त्यस्ता संस्थालाई सम्बन्धित वित्तीय संस्थाले नै गाभ्ने वा प्राप्ति गर्नुपर्ने व्यवस्था गरेको छ ।
कतिपय बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो लघुवित्त समेत खोलेर कारोबार गर्दै आइरहेका थिए । यो व्यवस्थाले लघुवित्तलाई पनि बैंक, विकास बैंक वा वित्त कम्पनीमै गाभ्नुपर्ने भएको छ ।
यसका अतिरिक्त वाणिज्य बैंक, विकास बैंक वा वित्त कम्पनीको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका लघुवित्त संस्थाहरू आपसमा गाभिनुपर्ने भएको छ । केन्द्रीय बैंकले यसअघि क्रस होल्डिङ रहेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई मर्जर तथा प्राप्तिमा जान बाध्य गरेको थियो ।

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय जनचेतनामूलक र्या…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम यूपीआई सेवा सुरु

प्रतिक्रिया