जाडो बढेपछि ५ दिन विद्यालय बन्द
जनकपुरधाम : गत दुई दिनदेखि एक्कासी बढेको जाडोले धनुषाका नगराइनमा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । नगराईन नगरपालिकाले अत्यधिक बढेको जाडोका कारण पठनपाठनमा पर्न गएको अप्ठेरोलाई दृष्टिगत गर्दै ५ दिनका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
नगरपालिकामा शिक्षा संयोजक देवेन्द्र कुमार लाभले अत्यधिक बढेको जाडोले विद्यालय आउन जान र पठन पाठन गर्न बालबालिकाहरूलाई अप्ठेरो हुन सक्ने दृष्टिगत गर्दै पुस १९ गतेदेखि २३ गतेसम्मका लागि जाडो विदा दिइएको बताए ।
प्रतिकूल मौसमका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न विद्यालयमा पठनपाठन बन्द गराइएको उनले बताए ।

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

प्रतिक्रिया