‘कुपुत्र र कुपुत्रीले घरमै आगो लगाइदिए !’

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकै चिन्तित देखिन्छन् । कारण हो – संघीय लोकतान्त्रिक घरमा ‘कुपुत्र-कुपुत्री’ले आगो लगाइदिएपछि । डा. भट्टराई आर्किटेक्ट इन्जिनियर हुन् । उनले ‘एक आर्किटेक्टको अनुभूति’मा भनेका छन्, ‘जिन्दगीभरको मेहनतले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए !’
जनता समाजवादी नेता भट्टराईले ‘कुपुत्र र कुपुत्री’को नाम चाहिँ उल्लेख गरेका छैनन् । उनको ट्वीटमा उल्लेख छ, ‘केही सन्तान आगो निभाउनु सट्टा खरानीका लागि दौडिदैछन् । छिमेकी रमिते ! लौन आगो निभाऊ !’ उनले रमिते छिमेकी प्रयोग गरेका छन् । तर, नाम चाहिँ उल्लेख छैन ।
एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!
— Baburam Bhattarai (@brb1954) January 3, 2021
बेलाबखत डा. भट्टराईसँग ट्विट विवादमा तताउने गर्छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा । यसपालि चाहिँ आगो लागेको घरबाट निस्कन थापाले आग्रह गरेका छन् ।
‘एक मित्रको अनुभूति: आगो लागेको घरबाट निस्कनोस्, त्यो खरानी हुन लागेको घरको माया गर्न छोडि दिनुहोस्’थापाको टिप्पणी छ, ‘अब सबै मिलेर सबै अटेने नयाँ घर बनाऔं ।’
थापाको थप टिप्पणी छः ‘कोही घर भित्र, कोही बाहिर हुँदा आगलागीको डर जहिले पनि हुन्छ । घरभित्र झगडा हुँदा हाम्रा छिमेकीले आगो निभाउने होइन, बरू मट्टितेल छर्कने हुन् कि भन्ने खतरा छ ।’
एक मित्रको अनुभूति:आगो लागेको घरबाट निस्कनोस्,त्यो खरानी हुनलागेको घरको मायागर्न छोडि दिनुहोस्।अब सबै मिलेर सबै अटने नयॅा घर बनाऔॅ।कोही घर भित्र,कोही बाहिर हॅुदा आगलागिको डर जहिलेपनि हुन्छ।घरभित्र झगडा हुंदा हाम्रा छिमेकीले आगो निभाउने होईन,बरू मट्टितेल छर्कने हुन कि भन्ने खतरा छ https://t.co/q26FWfUAC0
— Kamal Thapa (@KTnepal) January 3, 2021

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छ : श्रमम…

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन् : प्रधानमन्त्री ओली

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

प्रतिक्रिया