शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

घरेलु मैदानमै म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ- जोआओ मौटिन्होको निर्णायक गोलमा उल्भ्सले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पारेको छ ।

ओल्ड ट्र्राफोर्डमा खेलको सुरुवातबाटै युनाइटेडमाथि उल्भ्सले दबाब बनाए पनि अग्रता लिन सकेन । 

८२औँ मिनेटमा मौटिन्होले गरेको गोल उल्भ्सको लागि तीन अंक बन्यो  । खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । उल्भ्स समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ ।