ओम्रिकोनको त्रास देखाउँदै फेरि सर्यो ‘प्रेमगीत ३’

काठमाडौँ - संसारभर ओम्रिकोन भाइरसका संक्रमित बढेका समाचार आएसँगै विश्वभर फिल्म रिलिज स्थगित हुन थालेका छन् । भारतमा ठूला ब्यानरका केही फिल्मले अन्तिम समयमा आएर फिल्म रिलिज नगर्ने निर्णय गरे ।
नेपालमा संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको देखिएको छैन तर पनि भविष्यमा बढ्न सक्ने संकेत पाएसँगै नेपाली फिल्म ‘प्रेमगीत ३’ले प्रदर्शन स्थगित गर्ने घोषणा गरेको छ । निर्माता सन्तोष सेनले सोमबार साँझ छोटो सूचना जारी गर्दै फिल्म अनिश्चित समयका लागि सरेको जानकारी गराएका हुन् । यो फिल्म फागुन १३ मा सार्वजनिक हुने कार्यतालिका थियो ।
दुई वर्षअघि पनि यो फिल्म कोभिड १९ कै कारण सरेको थियो । यो फिल्म उसबेला नयाँ वर्षको पूर्व सन्ध्यामा रिलिज हुँदै थियो । ‘प्रेमगीत ३’ सरेपछि यो पहिला रिलिज हुने फिल्ममा पनि खतराको घन्टी बजेको छ । दुई पटक सरेर पुस ३० मा रिलिज हुन लागेको ‘चपली हाइट ३’ र माघ १९ मा रिलिज हुन तयार ‘म यस्तो गीत गाउँछु २’ पनि अब सर्ने कि नसर्ने दोधारमा हुनेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया