साउथ एसियन फिल्म फेस्टिभलमा ‘महानगर’

काठमाडौँ - भर्चुअल रुपमा यही जनवरी १६ देखि ३० सम्म चल्ने डीसी साउथ एसियन फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘महानगर’को पनि स्क्रिनिङ हुने भएको छ । मोहन राई निर्देशित यो फिल्म उद्घाटनको दिन प्रदर्शन हुने आयोजकले जनाएको छ ।
भारतको कोलकाता फिल्म फेस्टिभलबाट वल्र्ड प्रिमियर भएको यो फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो । एक रातको कथा भन्ने यो फिल्म हालै मात्र पोखरामा सम्पन्न ५ औँ पामे फिल्म फेस्टिभलमा पनि देखाइएको थियो ।
मोहन राईकै लेखन रहेको यो फिल्ममा कार्म र मेनुका प्रधानले मुख्य भूमिका निर्वाह गरेका छन् । एउटा सानो दुर्घटनाले भेटिने दुवैको जीवनमा एक रातमा घटने घटनालाई फिल्ममा प्रस्तुत गरिएको छ । यो फिल्म चाँडै नै नेपालमा प्रदर्शन हुने तयारीमा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया