'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीकाे आपत्ति

काठमाडौँ- निर्वाचन आयोगले ‘साम्यवाद’, ‘वर्गसंघर्ष’ जस्ता शब्दावली प्रयोग गरेको पार्टी विधान दर्ता हुन नसक्ने भन्दै संशोधनका लागि पठाएको पत्रमा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
हालै सम्पन्न आठौँ महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले निर्वाचन आयोग सो पत्रप्रति आपत्ति जनाउँदै सो बारेमा आवश्यक कदम चाल्न नवनिर्वाचित केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।
‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनाधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ’ महाधिवेशनवाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया