थपिए ४२१ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ४२१ जनामा कोभिड-१९ सक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको ५ हजार ८ सय परीक्षण गर्दा ४२१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै उपत्यकामा थप १९७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ संक्रमित भेटिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।
त्यस्तै थप ६३७ जना संक्रमण मुक्त भएका छन् । योसंगै नेपालमा कोभिडमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ ।
नेपालमा कोभिडका कारण थप ८ जनाको मृत्यु भएको छ भने हालसम्म १८७८ जनाको कोभिडका कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसाार नेपालमा हाल ५ हजार ४८७ जना आइसोलेसनमा छन् भने ३६७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ४८ हजार ५०२ पीसीआर गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया