उकालो लाग्दै कोभिड संक्रमितको संख्या, मंगलबारमात्रै थपिए ३९३ जना

काठमाडौँ- मंगलबार देशभर ३ सय ९३ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ३ सय २९ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआरबाट ३ सय ५५ र एन्टीजेन्ट विधिबाट ३८ जनामा कोभिड पुष्टि भएको छ ।
सोमबार ३२६, आइतबार २१६ र शनिबार मात्र ३८२ जनामा कोभिड पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भइसकेका छन् । आज ३ जनाको मृत्यु र हालसम्म ११ हजार ६०१ जनाको मृत्यु भएको छ ।
देशभर संक्रमित ५ हजार ९४ र २४ घण्टामा ३ लाख १६ हजार ७७४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा ८८ र भेन्टीलेटरमा २५ जना उपचाररत छन् । होम आईसोलेसनमा ४ हजार ८३४ र संस्थागत आईसोलेसनमा २६० र क्वारेन्टाइनमा ९८ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया