अबदेखि नेपाल प्रवेश गर्ने नाकामा कूटनीतिज्ञको एन्टीजेन्ट परीक्षण गरिने

काठमाडौँ- सरकारले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका वा नगरेका नेपाली र विदेशी नागरिककलाई नेपाल प्रवेश नाकामा एन्टीजेन्ट परीक्षण गरी प्रवेश अनुमति दिने भएको छ ।
परीक्षण रिपोर्ट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा र नेगेटिभ देखिएकालाई दस दिन होम क्वारेन्टाइनमा बस्न दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी विदेशी कूटनीतिक वा अफिसियल पासपोर्ट भएकाले खोपको मात्रा पूरा गरेका र नगरेकालाई प्रवेश विन्दुमा एन्टीजेन्ट परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आईसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेसनमा पठाइने व्यवस्था छ ।
रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वारेन्टाइन वा सम्बन्धित नियोगको जिम्मेवारीमा होम क्वारेन्टाइनमा बस्न दिइने छ । पछिल्लो समय सरकारले विभिन्न मुलुकमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिन थालेपछि नेपालले पनि प्रवेशमा कडाइ गर्न थालेको छ ।
केही दिनयता मुलुकमा कोभिड संंक्रमितको संख्या थपिने जारी छ । मंगलबार मात्र देशभर करिब ४ सय संक्रमित थपिएका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया