आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

काेभिडविरुद्धकाे अतिरिक्त खोप किन भयाे स्थगित ?

काठमाडौँ- राष्‍ट्रिय खोप कार्यक्रम प्रभावित हुने भएकाले कोभिडविरुद्ध लगाइने अतिरिक्त खोप सरकारले स्थगित गरेको छ । आजदेखि मध्यम तथा गम्भीर रुपमा बिरामी भएका क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका, एचआईभी संक्रमित र उपचार गराउने क्रममा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले कोभिडविरुद्धको  अतिरिक्त खोप दिने निर्णय सरकारले गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले राष्‍ट्रिय खोप कार्यक्रम प्रभावित हुने भएकाले तत्कालका लागि अतिरिक्त खोप स्थगित भएको बताइन्। उनले भनिन्,' माघदेखि अतिरिक्त खोप लगाउने अर्काे मिति सार्वजनिक गरिन्छ ।' तर, स्वास्थ्य कार्यालय ललितपुरले र काठमाडौँ महानगरपालिकाले अतिरिक्त खोप लगाउने मिति पनि सार्वजनिक गरिसकेको छ । पुस २१ गते बुधबारदेखि ललितपुर सबै खोप केन्द्रबाट अतिरिक्त खोप उपलब्ध गराउने सूचना जारी गरिसकेको छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाले पनि भोलि २१ गतेबाट खोप लगाउने सूचना सार्वजनिक गरिसकेको छ । भेरोसेल र कोभिसिल्ड खोप लगाएका ६० वर्ष माथिकाले पनि अतिरिक्त खोप पाउने मन्त्रालयले जनाएको छ ।