प्रदेश-१ मा (दाहाल नेपाल समूह)ले हटायो प्रमुख सचेतक राजभण्डारीलाई

विराटनगर : नेकपा प्रदेश-१ संसदीय दलमा एक समूहले अर्को समूहलाई कारबाही गर्ने क्रम रोकिएको छैन । आइतबार बसेको (दाहाल-नेपाल समूह)को दलको बैठकले प्रमुख सचेतक बुध्दिकुमार राजभण्डारीलाई हटाउने निर्णय गरेको छ ।
उपनेता टंक आङ्बोहाङको अध्यक्षतामा बसेको बैठकले राजभण्डारीलाई प्रमुख सचेतकबाट हटाउने निर्णय गरेको हो । बैठकले संसद्को कार्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्ने ओली समूहका राजभण्डारी र इन्द्रमणि पराजुलीलाई हटाएर आफ्नो समूहका लिलाबल्लभ अधिकारी र उपेन्द्रप्रसाद घिमिरेलाई पठाउने निर्णय गरेको छ ।
समुहले यसअघि नै मुख्यमन्त्री शेरधन राईलाई दलको नेतावाट हटाएर भीमप्रसाद आर्चायलाई चयन गरिसकेको छ । मुख्यमन्त्री राईविरुध्द प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्तावसमेत दर्ता गरिएको छ । माघ ७ गतेबाट प्रदेश सभा बैठक सुरु हुदैछ ।
उता मुख्यमन्त्री राईले दाहाल नेपाल समुहमा लागेको भन्दै एक मन्त्रीलाई बरखास्त गरेका छन् । १९ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् । राईले यो समुहका १६ जनालाई तीन महिनाका लागि संसद् पदवाट निलम्बन पनि गरेका छन् । तर, दुवै समूहले गरेका यी कार्य दलको विधानविपरीत छन् ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया