महाधिवेशनपछिको कांग्रेस : अब कता ?

जनताको राजनीति र पार्टीको राजनीतिमा के अन्तर छ ? राजनीतिक लडाइँमा जसरी नेतृत्वको मस्तिष्कमा कुँदिएको हुनुपर्छ । निर्विवाद रूपमा दुई प्रश्नले हामी कांग्रेसजनलाई हल्लाइरहेको छ ।
हामीमाथि पार्टीमा अत्यधिक बहुमतसहित नवनिर्वाचित सभापति र उहाँका अग्रपंक्तिका सहकर्मीहरूले निषेधको राजनीति गर्नुभयो । हामीलाई क्षति भयो कि अवसरवादको षड्यन्त्रलाई चिन्न सकेनौँ वा हामीबीच पनि हठ र ‘म’ भन्ने शब्दले घर गर्यो ? अब त महाधिवेशन सकियो । अब निषेधको राजनीति निरन्तर रह्यो भने क्षति गर्ने पार्टीलाई नै हो । महाधिवेशनसँगै सबैको भावना समेट्ने हिसाबले अघि बढ्नुपर्छ, पार्टी र मुलुकका खातिर पनि ।
त्यसो हुँदा अब के गर्नुपर्ला;
१. सहयोद्धाको अभिलेखीकरण,
२. कुन समर्थक वा अग्रपंक्तिको नेता केमा दख्खल राख्छ,
३. विचारको समूहमा सहयोद्धाको अविचलित झुकाव,
४. शासन वा सत्ताको छाँया त्यसको भूतले को हैरान छ कि यदि कोही छ भने...
५. सबैभन्दा तिरस्कृत वर्ग युवा, कथित युद्धले उजाड पारिएको सिउँदो, भरोसा छिनिएर बेसहरा बनेका आमाबुवा र टुहुरा सन्तानमाथि राज्यले आरक्षण किन गरेन ? यसको बहस र आफ्नो विचारको आरोहण सँगै उल्लिखित विषयहरूको सम्बोधनको सुनिश्चितता ।
६. सबैभन्दा उपेक्षित क्षेत्र नवयुवती–युवा, उपेक्षित र यकिन नगरिएको वस्तु बेरोजगार श्रम र बुद्धिको पलायन, पारवहन वा उत्पादन र निर्यात । निःशुल्क प्राविधिक शिक्षा, स्वास्थ्य उपचारमा निःशुल्क उपचारको पहुँच ।
७. नेपालमा चीन र भारत लगायत तेस्रो मुलुकमा प्राइभेट इक्युइटी फन्ड र निजी धनाढ्यहरूको सम्पत्ति पार्किग गर्ने लक्जेम्वर्ग वा सिंगापुरको जस्तो नीतिमा बहस अनिवार्य छ । देशको अर्थतन्त्र जसरी चर्को घाममा साग पलभरमै ओइलिन्छ, त्यसैगरी आयात ठूलो हुँदा संचिती घट्दा वा रेमिटेन्स घट्दा घाममा पग्लने घिऊको अस्तित्व जस्तो भएको छ । आयातले गर्दा अन्तर्राष्ट्रिय वित्तीय संकटको प्रभाव पर्न सुरु भइसकेको नेपालले अब निकै गम्भीर भएन भने भेनेजुयलाको दशा खेप्न सक्नेछ ।
जब कुनै राजनीतिक समूह किन भिन्न समूहको रूपमा अस्तित्व उठाउन खोज्दै छ भन्ने कुराले आमनागरिकमा अपिल गर्न सक्दछ । अन्यथा, समूह बन्नेछ । उनीहरूको ध्यान विरोधमा सीमित हुनेछन् । हामीले प्रतिपक्ष वा सत्ताले गर्ने विग्रहमाथि त्यतिबेला मात्र प्रश्न उठाउन सक्छौं जब हामीसँग विकल्पहरू छन् जहाँ नैतिक बल पनि छ !
कहिलेकाहीँ विकल्पहरूको व्यवस्थापनमा सत्ताको धमिलो आँखा सहयोगी बनिदिन्छ । महाधिवेशनमा ‘जित्नेले पार्टी चलाउने हो’ भन्ने बहस सुुरू भइसकेको छ । जित्ने सभापतिले निर्विवाद रूपमा पार्टी चलाउने हो त्यसमा अर्को मतको औचित्य छैन । तर, नेपाली कांग्रेसको सभापतिले प्रतिस्पर्धा गर्ने क्षेत्र ‘अन्तर–पार्टी प्रतिस्पर्धा देश भित्रको आम निर्वाचन’ हो त्यहाँ पार्टीको आन्तरिक निर्वाचनमा पछाडि परेको समूहको साथ उठ्नैपर्छ । तर, भर्खरैका एकपक्षीय सघन निर्णयहरू दल अन्तर्दलीय बहुदलीय र लोकतन्त्र भित्रको सुन्दरतामा दाग देखिएको भान भएको हुनुपर्छ ।
आमनिर्वाचनमा पार्टीले सहभागिता जनाउँदै गर्दा जनताको राजनीति गर्ने अनुहार पार्टीको राजनीति गर्ने अनुहारको तुलनामा पटक्कै निर्बलियो छैन । यस्तो अवस्थामा हामीहरू चोरिने डरमा छौँ । यो शृंखलाको बीजारोपण भइसकेको छ । बाध्यकारी परिस्थिति सिर्जना गरेरै पनि हामीमाथि क्षति पुग्न सक्ने काम हुन सक्छ । एउटा पहरोमा निश्चित आकार र तौलको पत्थर निकाल्ने लक्ष्यले पूर्णता पाउन सक्दैन, त्यहाँ बम नै प्रयोग हुन्छन् । पहरो हलचल हुन्छ । त्यहाँ ‘डेमिनो इफेक्ट’ पर्छ । धेरै आकारका पत्थरहरू टुक्रिन्छन्, झर्छन् ।
अस्तित्व स्थापित गर्न यो समूहले यो देशको मुहार फेर्ने निर्दिष्ट योजना पस्किनुपर्दछ । त्यसपछि मात्र समर्थकहरू फर्कन्छन् । यस निम्ति अनुसन्धान र सेन्सर–सञ्चालन जरुरी छ । दुरुस्त अनुसरण गर्न नमिले पनि यस्ता प्रयोग परम उपयोगी हुन्छन् । फुटबल क्लबहरूले जसरी स्ट्राइकर र भेट्रान खेलाडीहरू तान्ने रणनीति अख्तियार गर्छन्, सरल ढंगले बुझ्नुपर्दा सुशील कोइरालाले शेरबहादुर देउवासम्म पुगेका किसुनजीका कट्टर समर्थकहरू कसरी लिनु भयो, त्यसैगरी सभापति शेरबहादुर देउवाले सुशील कोइरालाका मित्रहरू आकर्षित गर्नुभएकै हो ।
सभापति देउवा र समीपका सहयात्री तथा सहयोगीहरू प्रायः भाइ–वर्गका हुनुहुन्छ भने उहाँहरू प्रायः सभापतिप्रति बफादार र जिहादी शैलीका हुनुहुन्छ । त्यसको ज्वलन्त उदाहरण आफूहरूलाई केन्द्रीय सदस्यमा निरन्तरता दिँदै १४ औं अधिवेशनमा सभापति तथा सम्माननीय प्रधानमन्त्रीको रिफ्रेसका लागि आफ्नो भविष्य उत्सर्ग गर्ने र परिस्थितिजन्य रूपले खुम्चिएर पनि बसे ।
यो आलेख तयार गर्दै गर्दा मैले यहाँ मनोविज्ञानमा विद्यावारिधि गर्नुहुने मूलरूपले सुरक्षित मातृत्व अभियान सञ्चालन गरेकी सुश्री डा. आरजु राणादेखि कांग्रेस नेत्री श्रीमती आरजु राणा देउवाको नेपाली राजनीतिमा उदयको प्रसंग पस्कन मन लाग्यो । राज्यको आँखा पछाडि दर्दले पिल्सिएका आमा बन्ने कोसिसका आमनारीहरूको रक्षार्थ समाजसेवी डा. आरजु वैवाहिक जीवनपछि श्रीमान् शेरबहादुर देउवाको राजनीतिक उतार/चढाव र व्यवस्थापन गर्दै गर्दा विवाद र चर्चाबाट टाढा रहनसक्नु भएन । तथापि, ‘सर्ट टेम्पर’ समीपमा पुग्नेहरूले विनाअनुसन्धानै गर्ने सिकायतले गर्दा उहाँले झटपट विचार बनाइहाल्ने र प्रतिक्रियामा प्रस्तुत भइहाल्ने उहाँको बानीमा मूलरूपले परिवर्तन आएको देखिन्छ । जसकारण पनि नेपालमा प्रथम महिला प्रधानमन्त्रीकाे रूपमा चलेको चर्चाले सार्थकता पाउन सक्ने देखिन्छ ।
यस निम्ति उहाँले पार्टीभित्र कूटनैतिक चाल अवलम्बन गर्दै १४औँ अधिवेशनका प्रतिस्पर्धी डा. शेखर कोइरालासँग पनि संवाद स्थापना गर्न जरुरी सम्झन्छु । पार्टीमा हार्मोनी उठाउने र भावी नेतृत्व निर्माण गर्ने काममा मूलरूपले उपसभापति पूर्णबहादुर खड्काको भूमिका रचनात्मक रहने अनुमान गरिएको छ ।
कहिलेकाहीँ राजनीतिमा ‘इफ यु कान्ट विन देम जोइन देम’ पनि काम गर्ने हुनाले यो मनोविज्ञान गैरसाधुहरूमा छिट्टै लागू हुने गर्छ । यसकारण पनि जंगबहादुर कुँवरले जस्तो राजनीतिमा प्राइभेट सुराकी तैनाथ गर्नुपर्छ । नेपाली राजनीतिमा सुरक्षाको अभाव यसकारणले पनि छ कि प्रतिस्पर्धामै नभएकाहरूले असललाई प्रतिस्थापित गरिरहेको छ । जनतामा लोकप्रियहरू पार्टीमा निषेधमा परेको परिप्रेक्ष्यमा पार्टीले आँखा चिम्लँदै अलोकप्रिय पात्रहरूलाई प्रस्तुत गर्दा जनप्रतिनिधि गुम्न सक्ने चोटिलो अवस्था छ ।
निषेधमा परेँ भन्ने लाग्दै जान थाल्यो भने शेखर कोइराला समूहभित्र प्रतीकात्मक कौतूहल जाग्न सक्छ । तर यो अवस्था अन्तिम र बाँच्ने विकल्प हो । के यस्तै निषेध र प्रतिशोध भए गरिए यो समूह निर्वाचनमा भाग लिँदैन ? भाग लिन्छ नै । त्यसो हुँदा संघीय–प्रदेश संसद् र स्थानीय तहमा चुनावमा नागरिकलाई प्रभावित गर्न सक्ने अनुहारबाटै पार्टीले चुनाव जित्ने हो । २०५६ को आमनिर्वाचनमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले किसुनजीलाई अघि सारेको घटना कांग्रेसजनले बिर्सने कुरै हुँदैन । पार्टीको आन्तरिक मात्र होइन कि नागरिकलाई प्रभावित गर्न सक्ने अनुहार जोगाउँदै कांग्रेसले अघि बढ्नुपर्छ ।

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो : उपसभापति डा वाग्ले

स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा

कीर्तिमानी आरोहीहरुको गाउँ ‘बेदिङ’

लोकतन्त्रिक प्रणाली र बजेटमा खुलापन

आरोग्य पर्यटनः गन्तव्य नेपाल

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ

के माओवादी आन्दोलन उठाउन वाइसीएल तयार छ ?

प्रतिक्रिया