आगलागीमा तीन घर जले

पाँचथर- फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् ।
आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो । बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो । विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

प्रतिक्रिया