२५ वर्षपछि सँगै काम गर्दै मनीषा र भन्साली

मुम्बई - अभिनेत्री मनीषा कोइराला र निर्देशक सन्जयलीला भन्सालीले २५ वर्षपछि एकसाथ काम गर्ने भएका छन् । दुई दशकअघि उनीहरूले भन्सालीको डेब्यु फिल्म ‘खामोसी : दि म्युजिकल’मा सँगै काम गरेका थिए । फिल्ममा मनीषाले एनी नामको चरित्र निर्वाह गरेकी थिइन् जसले बोली नभएका माता पिता र प्रेमीको बीचमा फसेको युवतीको भूमिका निर्वाह गरेकी थिइन् ।
त्यो फिल्मयता दुवैले सँगै काम गरुन् भन्ने दर्शकको चाहना भए पनि यत्रो वर्षसम्म सम्भव भएको थिएन । अब भने दुवै नेटफ्लिक्सको एक सिरिजका लागि सहकार्य गर्न तयार भएका छन् । समाचारअनुसार भन्सालीले मनीषालाई ‘हिरामन्डी’मा एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेका छन् । फिल्ममा यसअघि नै हुमा कुरेसी र सोनाक्षी सिन्हा तय भइसकेका छन् ।
‘हिरामन्डी’लाई नेटफ्लिक्सले निर्माण गर्न लागेको हो । सिरिजको रुपमा आउन लागेको यो फिल्मले वेश्यागमनका लागि पाकिस्तानमा कुनै समय चल्तीमा रहेको ठाउँको कथा प्रस्तुत गर्ने बताइएको छ । सिरिज ७ भागमा बन्ने र हरेक भाग १ घन्टाको अवधिको रहने पनि जानकारी गराइएको छ । यसको पहिलो भाग भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग अरु निर्देशकले ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया