पत्नी सीतालाई उपचार गराउन दाहाल आज भारत जाँदै

काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आज भारत जाँदैछन् । केही दिनदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचारार्थ रहेकी सीतालाई ११ बजेको उडानबाट भारतको मुम्बई लैजान लागिएको हो । दाहालको निजी सचिवालयका अनुसार सीता एक्लै जान नमानेकाले दाहाल भारत जान लागेका हुन् ।
यसअघि अमेरिका उपचारमा पनि श्रीमानसँग उपचारमा गएकी दाहाल पत्नी सीताले दिल्ली पनि सँगै जाने चाहना राखेकी थिइन् । उनको साथ छोरी गंगा पनि हुनेछिन् । दाहालले यहाँको राजनीतिक परिस्थितिको कारण देखाएर नजान खोजेका थिए । तर सीताले नमानेपछि दाहाल जान लागेका हुन् ।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया