प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शनलाई जारी राखेका छन् । सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् ।
प्रधानन्यायधीशका कारण न्यायलय नै भ्रष्ट भएको भन्दै उनीहरुले राजीनामाको माग गदै निरन्तर आन्दोलन गरिरहेका छन् । अधिवक्ता कृतिनाथ शर्मा पौडेलले न्यायलयको सुधारको लागि आफुहरुको आन्दोलन भएको भन्दै प्रधानन्यायधीशको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।
न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले उठाएको आवाजलाई सवैबाट समर्थन प्राप्त भएको उनले दाबी गरे । उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने धारणा राखे । उनले झनै सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया