अमेरिकामा ओम्रिकोन कहर : ग्रामी रोकियो, सन्डान्स भर्चुअल

लसएन्जल्स -विश्वभर फैलिएको कोभिड १९ को तेस्रो लहरले फेरि एक पटक अवार्ड तथा फिल्म फेस्टिभल प्रभावित हुन थालेका छन् । नियमित क्यालेन्डरमा घोषित अवार्ड तथा फेस्टिभल कि त स्थगित हुन थालेका छन् कि भर्चुअल ।
अमेरिकामा ओम्रिकोन संक्रमितको संख्या बढेसँगै अमेरिकामा हुँदै आएको ग्रामी अवार्ड स्थगित भएको छ । आयोजकले तत्कालका लागि यो अवार्ड वितरण गर्न नसकिने जानकारी गराएका छन् । संगीतकर्मी लक्षित यो अवार्ड यही जनवरीको ३१ तारिख हुँदै थियो ।
अब यो अवार्ड अप्रिल वा मेमा मात्र आयोजना गर्न सकिने सम्भावना बताइएको छ । कोभिडको त्रास कम भइहाले पनि बीचमा यसको आयोजना हुने हल खाली नहुने भएकाले आयोजकले त्यो मितिमा मात्र यो अवार्ड गर्न सम्भव भएको बताएका छन् ।
यसैगरी जनवरीकै २० देखि ३० सम्म अमेरिकाको उटाहा राज्यमा हुन गइरहेको सन्डान्स फिल्म फेस्टिभल पनि भर्चुअल हुने भएको छ । अन्यथा यो फेस्टिभल फिल्मकर्मीको उपस्थितिका बीच सम्पन्न गर्नेगरी आयोजना हुँदै थियो । यसअघि नै भाइरसका कारण पाल्म स्प्रिङ फिल्म फेस्टिभल, क्रिटिक्स च्वाइस अवार्ड, गर्भनर अवार्ड आदि समारोह रद्द भइसकेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया