लियोनार्दो र जेनिफरको ‘डन्ट लुक अप’को नेटफ्लिक्समा रेकर्ड

लसएन्जल्स - वातावरण परिवर्तनमाथि व्यंग्य गरिएको फिल्म ‘डन्ट लुक अप’ले नेटफ्लिक्समा नयाँ रेकर्ड कायम गरेको छ । लियोनार्दो डिकाप्रियो र जेनिफर लरेन्सको मुख्य भूमिका रहेको यो फिल्मले हप्तामा सबैभन्दा धेरै समय हेरिएको फिल्मको रेकर्ड कायम गरेको हो । यो फिल्म डिसेम्बर २७ र जनवरी २ मा गरी करिब १ अर्ब ५२ करोड २९ लाख घन्टा हेरिएको थियो ।
सार्वजनिक भएको २८ दिनमै यो फिल्म नेटफ्लिक्समा सर्वाधिक हेरिने फिल्मको सूचीको तेस्रो नम्बरमा आएको छ । यो फिल्मअघि ‘बर्ड बक्स’ र ‘रेड नोटिस’ छन् ।
नेटफ्लिक्सले हप्तामा एक चोटि तथ्यांक सार्वजनिक गर्छ र अहिले हेरिरहेको अनुपात हेर्दा यो फिल्मले चाँडै नै ‘रेड नोटिस’लाई उछिन्ने अनुमान गरिएको छ ।
नेटफ्लिक्सले सार्वजनिक गरेको तथ्यांकमा म्यागी ग्लेनहालको निर्देशन रहेको ‘दि लस्ट डटर’ सर्वाधिक हेरिने अंग्रेजी भाषाको फिल्ममा तेस्रो नम्बरमा रहेको छ । यो फिल्म २० लाख घन्टा हेरिएको नेटफ्लिक्सले जनाएको छ ।
त्यसैगरी सिजर रोड्रिगेज निर्देशित ‘लुल्ली’ गैर अंग्रेजी भाषा सर्वाधिक हेरिने फिल्ममा सूचिकृत भएको छ । यो फिल्म पनि डिसेम्बर २७ र जनवरी २ मा गरी १६ लाख घन्टा हेरिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया