बिहीबार थपिए ५४० संक्रमित, एकको मृत्यु

काठमाडौँ- देशभर ५४० जना कोभिड-१९ संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ९९ जनाको परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भइसकेका छन् । आज मात्र एक जना संक्रमितको मृत्यु भएको र हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५ हजार ४३१ जना छन् । २४ घण्टामा १ लाख २० हजार ६५३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आईसीयूमा ७९ र भेन्टीलेटरमा १४ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार ६९, संस्थागत आईसोलेसनमा ३६२ र क्वारेन्टाइनमा ११३ जना छन् ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया