‘व्यावसायिक शिक्षा नीतिको आवश्यकता छ’
पोखरा - गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल मुलुकमा व्यावसायिक शिक्षा नीति आवश्यक रहेको बताएका छन् । पोखरा– १५ रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालयको ३८औँ वार्षिक खेलकुद दिवसको उद्घाटन गर्दै मन्त्री बरालले देशको उन्नति र प्रगति हुने शिक्षा नीति आवश्यक भएको बताए ।
नेपालको शिक्षा नीति समयसापेक्ष हुनुपर्नेमा जोड दिँदै मन्त्री बरालले शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकासको लागि खेलकुद अपरिहार्य हुने विश्वास व्यक्त गरे । खेलकुदले प्रत्येक व्यक्तिलाई अनुशासित र शारीरिकरुपमा मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै उनले खेलकुद आम जनताको पहुँचमा पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रअ किरण सापकोटा लगायतले बोलेका थिए । सो अवसरमा छात्रछात्राले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । रासस

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया