भारतबाट फर्केका नेपालीमा संक्रमण बढ्दो

कैलाली : कोभिड–१९ को जोखिम बढेसंगै भारतबाट नेपाल फर्कने नेपालीहरुमा यसको संक्रमण तिब्र पाइएको छ । कैलालीको त्रिनगर नाका भएर स्वदेश फर्कदै गरेका ४८ जनामा बिहीवार कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
त्रिनगर नाकामा खटिएका हेल्थडेस्क इन्चार्ज गणेश साउदले ४३४ जनामा कोभिड-१९ परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको बताए । उनले पोजिटिभ देखिएकाहरुलाई धनगढी उपमहानगरपालिका १५ स्थित आइसोलेसन सेन्टरमा पठाइएको बताए ।
पछिल्लो समय भारतमा कोभिड-१९ को संक्रमण तिब्र रुपमा फेलिएपछी रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन । हिजो ९बुधबार० मात्रै सोही नाकामा ३४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको साउदले बताए ।
पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार १०८ जनामा एन्टिजेन र १२ जनामा पीसीआरमार्फत परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५९, त्रिनगर नाकाबाट भित्रिएका ४८ र बैतडीको झुलाघाट नाका भएर स्वदेश फर्केका एकजनामा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया