अधिवेशनको मुखैमा एमाले सिन्धुपाल्चोकका दुई जिल्ला सदस्यले पार्टी छाडे
काठमाडौँ- नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्ण बहादुर तामाङ वाईवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला कमिटी सदस्यमा रेहका साँगाचोकका तामाङले विज्ञप्ति निकाल्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले पार्टी भित्र देखापरेको व्यक्तिवादी अहमता, बिकृति, विंसँगती बढ्दै गएको भन्दै पार्टीसँगको आवद्धता साधारण सदस्य समेत नरहने गरी समाप्त भएको उनले घोषणा गरेका छन् ।
त्यस्तै अर्का जिल्ला कमिटी सदस्य विष्णुलाल श्रेष्ठले पनि एमाले छाडेका छन् । श्रेष्ठले आज हुने जिल्ला अधिवेशनबारे कुनै जानकारी नदिएपछि गैरजिम्मेवार पार्टीमा नबस्ने घोषणा गरेका हुन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया