चीनमा हुने विन्टर ओलम्पिक्समा उत्तर कोरिया पनि सहभागी नहुने
काठमाडौँ- चीनमा हुन लागेको विन्टर ओलम्पिक्सलाई अमेरिकालगायतका पश्चिमा मुलुकहरूले कूटनीतिक बहिस्कार गर्ने निर्णय गरिसकेका छन् । बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तर कोरियाले पनि बेइजिङमा हुने ओलम्पिक्समा भाग नलिने बताएको छ ।
उत्तर कोरियाले कोभिड–१९ महामारी र अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाका कारण विन्टर ओलम्पिक्समा भाग नलिने बताएको हो । उत्तर कोरियाको खेलकुद मन्त्रालय र ओलम्पिक कमिटिले पत्र पठाउँदै यस्तो जानकारी दिएको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
यद्यपि उत्तर कोरियाले विन्टर ओलम्पिक्समा खेलाडी नपठाउने वा सरकारी अधिकारी नपठाउने भनेको हो भन्नेबारे चाहिँ प्रष्टता छैन । हुन त उत्तर कोरियालाई ओलिम्पक्समा भाग लिनबाट प्रतिबन्ध गरिएको छ । जापानमा सम्पन्न समर ओलम्पिक्समा खेलाडी नपठाएका निहुँमा उत्तर कोरियालाई सन् २०२२ का अन्त्यसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियामा हाल लकडाउन लगाइएको छ । कतिसम्म भने विदेशमा रहेका आफ्ना राजदूतावासमा कार्यरत रहेका कर्मचारीलाई समेत उत्तर कोरियाले स्वदेश फर्कन दिएको छैन । उत्तर कोरियाले अन्य मुलुकसँगको व्यापारमा पनि कम गरेको छ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया