प्रेम विवाहको लागि होर्डिङ बोर्डमा विज्ञापन !

काठमाडौँ - बेलायतमा एक व्यक्तिले प्रेमविवाहको लागि होडिङ बोर्डमा विज्ञापन गरेर प्रेमिका खोजी गरेका छन् । फूले मागी विवाह गर्नुपर्ने भन्दै उनले आफ्नो फोटो सहित विज्ञापन गरेका हुन् । बेलायतमा बस्दै आएका मोहम्मद मलिक नामका युवाले आफू प्रेम विवाह गर्न चाहने भन्दै 'फाइन्ड मलिक अ वाइफ' नामक वेबसाइट नै निर्माण गरेर विज्ञापन गरेका हुन् ।
यस वेबसाइट मार्फत उनले आफ्ना लागि श्रीमती खोज्न सहयोग मागेका छन् । साथै आफू को हो र कस्तो पार्टनर चाहेको हो भनेर पनि उनले खुलाएका छन् ।
बिहेका लागि वेबसाइटमार्फत इच्छुक युवतीले फर्म भर्न मिल्ने बनाइएकाे छ । परिवारले गरि दिन लागेको मागी विवाहबाट पर भाग्दै प्रेमिका खोजिदिन आग्रह गरेका मलिकले इङ्ग्ल्याण्ड बर्मिङ्घमा आफ्नो ठूलो फोटोसहित ‘सेभ मी फ्रम एन एरेन्ज्ड म्यारिज’ लेखेर ठूलो बिलबोर्ड डिस्प्लेमा राखेका छन् ।
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

प्रतिक्रिया