उच्चस्तरीय राजनीतिक संयन्त्रले संसदलाई सुचारु गराउन पहल गर्ने

काठमाडौँ - सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको भन्दै संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
संसदलाई बिनाअवरोध सञ्चालन गर्न सरकारको जतिकै प्रतिपक्षीको पनि कर्तव्य भएकोले सबै गम्भीर हुनुपर्ने उनले बताए । त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय भएको उनले बताए । माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिए ।
पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउदै उम्मेद्वारी समेत दर्ता गरिसकेको छ ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया