कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ

कैलाली : गैँडाको खागसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बर्दागोरिया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले पक्राउ गरेको हो ।
संघीय प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत छतिवन सामुदायिक वन नजिकै ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्था खागसहित कठरियालाई पक्राउ गरेको हो ।
संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले सिभिलमा गएको समूहले सुखडबाट ४ किलोमिटर पूर्व सामुदायिक वन क्षेत्रमा गैडाको खाँगसहित कठरियालाई नियन्त्रणमा लिएको जानकारी दिए । कठरियालाई आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाउने तयारी भइरहेको उपाध्यायले बताए ।

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

घाँटीमा मासु अड्किएर कुँवरको मृत्यु

विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

युवालाई दमाहा बजाउने कला सिकाइँदै

डढेलो लाग्न नदिन उच्च सतर्कता

प्रतिक्रिया