दाताबाट प्राप्त न्यानो कपडा मकवानपुर प्रशासनद्वारा विपन्नलाई प्रदान

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय मकवानपुरले चिसो (जाडो)को जोखिममा परेकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, मकवानपुरलाई विभिन्न दाताबाट प्राप्त भएको चारसय थान कम्बल, तीनसय जान ज्याकेट र एकसय थान न्यानो पछ्यौरी चिसोको जोखिममा रहेकाहरूलाई वितरण गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
चिसोको जोखिममा रहेका जिल्लाको विकट पहाडी क्षेत्र राक्सिराङ्ग र कैलाश गाउँपालिकाका अति विपन्न चेपाङ र दलित समुदायका व्यक्तिहरूलाई वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिमा अध्यक्ष भरतमणि पाण्डेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू समेतको सहभागितामा गाउँपालिकाका जनप्रतिनिधिहरूको समन्वय एवं सहजीकरण र सम्बद्ध विभिन्न सहयोगी निकायहरूको संलग्नतामा आज न्यानो कपडा प्रदान गरिएको हो । राक्सिराङ्ग र कैलाश गाउँपालिकामा २००रद्दण्ण् थान कम्बल, १५०रज्ञछण् थान ज्याकेट र ५०रछण् थान न्यानो पछ्यौरी विवतरण गरियो ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया