‘सहकारीको बेइमानीका कारण जनताको विश्वास घट्दै गएको छ’
काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर समाधान नहुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले व्याजदर बढाउने बिषय सहकारीको नीति बिपरित रहेको भन्दै ब्याजदर बढाएर समाधान नहुने बताएका हुन् । मन्त्री श्रेष्ठले सहकारीबाट जनता ठगिने देखिएकोले त्यसलाई रोकिने स्पष्ट पारे ।
उनले सहकारीको परिचालनसम्बन्धी भिजन पेपर बनाउन लगाएको भन्दै हचुवाको भरमा सहकारी नीति नवनाइने स्पष्ट पारे । केहि सहकारीको बेईमानीका कारण यस क्षेत्रप्रति जनताको विश्वास घट्दै गएकाले नियतमा खरावी भए कारवाही र नीतिगत समस्या भए समाधान गर्न आफु तयार रहेको उनले बताए । मन्त्री श्रेष्ठले संस्थाको फाइदा भन्दा पनि जनताको आवश्यकताका आधारमा परिचालित हुनुपर्ने धारणा राखे ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया