२०२० मा बढे महिला निर्देशक

लसएन्जल्स : अमेरिकाको सान् डियागो युनिभर्सिटीले गरेको एक अध्ययनले सन् २०२० मा महिला निर्देशक संख्यामा बढोत्तरी भएको देखाएको छ । गत वर्ष १०० वटा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा महिला निर्देशकको संख्या १६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
गतवर्ष यसरी कमाउने फिल्ममा महिलाले निर्देशन गरेको फिल्मको संख्या १२ प्रतिशत रहेको थियो । तर, त्यो भन्दा अघिल्लो साल भने कमाउने फिल्म निर्देशन गर्ने महिलाको संख्या जम्मा ४ प्रतिशत रहेको अध्ययनको निष्कर्ष रहेको छ । यो साल फिल्मको प्रदर्शन हलबाट खुम्चिएर भर्चुअल माध्यममा सिमित रह्यो ।
यही कारण क्लोइ झाउको ‘एक्सटर्नल्स’, केट सर्टल्यान्ड को ‘ब्ल्याक विडो’ जस्ता फिल्म सन् २०२० बाट २०२१ मा सरे । तर, क्लोइकै ‘नोम्याडल्यान्ड’, पेटी जेन्किन्सको ‘वन्डर वुमन’, काथी यान ‘बर्डस् अफ प्रे’ यो वर्ष कमाउने फिल्ममा अग्रस्थानमा रहे ।
यो सालकै आंकडाको कुरा गर्दा अध्ययनले कमाउने सय फिल्ममा २८ प्रतिशत महिला निर्माता रहेको र २१ प्रतिशत कार्यकारी निर्माता रहेको पनि देखिएको छ । गत सालको तुलनामा यो दुई प्रतिशतको वृद्धि हो । त्यसैगरी सय फिल्ममध्ये १८ प्रतिशत सम्पादक, १२ प्रतिशत लेखक र ३ प्रतिशत सिनेमाटोग्राफरले यो साल फिल्ममा काम गरेका थिए ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया