६ वर्षपछि पहिलोपल्ट चीनमा कोरियन सिरिज !

६ वर्षपछि पहिलो पटक कोरियन सिरिज चीनमा प्रदर्शन भएको छ । ६ वर्षअघि चीनले कोरियन फिल्म तथा सिरिजमा प्रतिबन्धको घोषणा गरेको थियो । सिरिजको प्रदर्शनसँगै दुवै देशको अवरुद्ध साँस्कृतिक सम्बन्ध सुचारु भएको मानिएको छ ।
राज्य नियन्त्रित म्यांग्यो टिभीले कोरियन सिरिज ‘सायम डाङ’ प्रदर्शन गरेसँगै यसको सुरुवात भएको हो । यो च्यानललाई राज्य नियन्त्रित हुनान ब्रोडकास्टिङले चलाउँदै आएको छ । जेसिओन राजवंशको कथा समेटिएको सिरिज चिनिया भाषामा डब गरेर देखाइएको हो ।
चीनमा कोरियन फिल्मले पनि अघिल्लो वर्षदेखि मात्र प्रवेश पाउन थालेका हुन् । सन् २०२० को डिसेम्बर ३ मा धेरै वर्षपछि कोरियन फिल्म चिनिया हलमा रिलिज भएका थिए । सन् २०१५ मा प्रदर्शन भएको ‘असासिनेसन’ चीनमा प्रदर्शन भएको पछिल्लो फिल्म थियो । मंगलबारदेखि प्रसारण भएको ‘सायम डाङ’ भने कोरियामा सन् २०१७ मा प्रसारणमा आएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया