प्रधानमन्त्री देउवाको निर्देशन : खोपलाई तीव्रता दिनू, उपचारको लागि तयारी अवस्थामा बस्नू

काठमाडौँ- सिसिएमसीको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म भएको प्रगति विवरणको जानकारी माग गरेका छन् । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले कोभिड-१९ नियन्त्रणमा भइ रहेको प्रगति विवरणको माग गरेको सिसिएसमीको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
प्रधानमन्त्री देउवाले कोभिड संक्रमितको संख्या बढेकाले उपचार गर्न तयारी अवस्थामा राख्न निर्देशन दिएको नेपालले जानकारी दिइन् । आजको बैठकमा अक्सिजनको मात्रा बढाएर अस्पताललाई संक्रमितको उपचार गर्न तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन् ।
खोप लगाउने कार्यलाई तीव्रता दिनलाई पनि उनले जोड गरेको प्रवक्ता नेपालले बताइन् । आवश्यक व्यक्तिलाई अतिरिक्त खोप उपलब्ध गराउन पनि उनले माग गरेका थिए । ओमिक्रोनको संख्या बढेकाले सचेतनाको कार्यक्रम गर्न उनले दिएको उनले सुनाइन् ।
'निषेधाज्ञा र लकडाउन गर्ने विषयमा कुनै पनि छलफल भएन,' उनले भनिन्,' संक्रमणको दर बढी रहेको ठाउँमा जिल्ला प्रशासन र स्थानीय तहलाई निषेधाज्ञा गर्न निर्देशन दिइसकेको छ ।' कोभिडको नयाँ भेरियन्ट देखा पर्न थालेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्न सचेतना कार्यक्रम गर्नलाई उनले आग्रह गरेका थिए ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया