‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको तयारी

काठमाडाैँ : सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए 'स्मार्ट लकडाउन' गर्ने तयारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको हो ।
बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केहि क्षेत्र मात्र बन्द गर्ने गरि स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको बताए । उनले पहिलेजस्तो सबै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केहि स्थान वा केहि क्षेत्रमात्र बन्द गर्नेगरि स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताए ।
भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परिक्षणलाई प्रभावकारी बनाउने, संक्रमितलाई राख्न आइशोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै स्थानीय तहमा नै कोरोना संक्रमितको उपचार गर्ने गरि स्थानीय निकायले व्यस्था गर्ने र त्यसकोे खर्च केन्द्र सरकारले व्यहोर्ने गरि तयारी गरिएको उनले बताए । बैठकमा कोरोनाबिरुद्धको खोप अभियानलाई तीव्रता दिन र बुष्टर डोजको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको मन्त्री खतिवडाले जानकारी दिए ।
बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि दुई साता अभियान नै चलाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री खतिवडाले कोरोना नियन्त्रण र उपचारका लागि सरकारले उचित व्यवस्थापन गरेको दाबी गरे ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया