राम-सीता बने पल र रेश्मा

काठमाडौं : अभिनेता पल शाह र मोडल रेश्मा घिमिरे अभिनित म्यूजिक भिडियो ‘क्या मज्जा आको’ रिलीज भएको छ । एजिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो गीतको भिडियो एजिएल कै अफिसियल युट्युब च्यानल मार्फत रिलिज भएको हो ।
राजनराज सिवाकोटीको संगीत रहेको यस गीतमा राजन राज र मेलिना राईको स्वर रहेको छ । रमाईलो शैलीको यो गीतमा पल शाह कृष्णको भूमिकामा छन् भने रेश्मा सीता र राधाको भूमिकामा छन् । भिडियोमा अभिनेता निर्मल शर्माले पनि अभिनय गरेका छन् । भिडियोमा एक नाटकमा रहने कलाकारहरुको रिहर्सलको समयको कथा देखाईएको छ । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् । सम्पादन तथा कलर ग्रेडिंग नविन निरौलाले गरेका हुन् ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया