ओमिक्रोनका लागि तयार रहन मन्त्रीको निर्देशन

पोखरा - नेपालमा थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
पछिल्लो तथ्यांकले ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको देखाउँछ । यसको फैलावट कम गर्न जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालनासँगै परीक्षण विस्तार र खोपको पहुँज बढाउनुको विकल्प नरहेको भन्दै गण्डकी प्रदेश सरकार तयारीमा लागेको छ ।
नेपालमा ओमिक्रोनको संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशले सीमानाकामा चेकजाँच कडाइ गर्ने तयारी गरेको छ । संघको स्वास्थ्य मन्त्रालयले पनि ओमीक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि ओमीक्रोन भाइरस बढ्न सक्ने आकलनसहित तयारी तीव्र पारिएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङसहितको बैठकले ओमीक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरुमा जाँचलाई तीव्रता दिन निर्देशन दिएकाको छ ।
बैठकमा मन्त्री अधिकारीले प्रदेशका स्वास्थ्य संरचनालाई आबश्यक अन्य तयारी गरि उपकरण, स्वास्थ्य सामाग्री,जनशक्ति व्यवस्थापन अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिइन् । उनले प्रदेशमा आयोजना हुने सबै किसिमको मेला महोत्सव बन्द गर्न सम्बन्धित निकायमा कुराकानी गर्न पनि सचिवलाई र्निदेशन दिएकी छिन् ।
मानिसको स्वास्थ्यभन्दा ठूलो अरुकुरा नभएकाले आवश्यक परे स्मार्ट लकडाउनसम्म पनि जान पर्ने अवस्था मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले जानकारी दिए।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया