सप्तरीमा लागूऔषधसहित दुई जना पक्राउ

सप्तरी- सप्तरी प्रहरीले लागूऔषध सहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ साइकलमा आइरहेका तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षीय परमान्द महतो र विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षीय तेजनारायण यादवलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरूलाई सप्तरीको राजगढ गाउँपालिका- ६ बनैनियाँबाट पक्राउ गरेको सप्तरीका प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरुको संग रहेको एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई लागू औषध ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको काफ्लेले बताए ।
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

प्रतिक्रिया