शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

ओलीले देशलाई गृहयुध्दमा धकेले : पहाडी

काठमाडौँ : मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुध्दमा धकेलेको टिप्पणी गरेका छन् । 
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुध्दमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताएका हुन् । 

लामो संघर्षपछि प्राप्त उपलब्धीहरूलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम कार्यपालिका प्रमुखबाट भएको उनको भनाइ छ । संसद्‍मा अविश्‍वास प्रस्ताव आउँदैछ भन्‍ने आशंका भएपछि प्रधानमन्त्री ओलीले संसद्को प्राण हरण गरेको पनि उनले बताए ।

प्रधानमन्त्री ओली सत्तामा पुगेपछि पटक-पटक गैह्रसंवैधानिक कार्यको शिलशिलालाई प्रारम्भ गरेको पनि आरोप लगाए । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधनमन्त्रीले संविधान विघटन गर्नसक्ने बताए । 

संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरूले अहिले संविधानको रक्षाको लागि सडकमा उत्रिएको तर संसविधान उत्कृष्ट छ भन्‍नेहरूले संविधानको पाना च्यात्‍ने काम गरेको पनि बताए ।