विकेन्डसँगको अफेयरमा एन्जेलिना जोली

लसएन्जल्स - अभिनेत्री एन्जोलिना जोली र गायक दि विकेन्डले बेन एफलेक र जेनिफर लोपेजको पदचाप पछयाएको समाचार आएका छन् । जोली र दि विकेन्ड अफेयरमा रहेको खबर सार्वजनिक भएसँगै धेरैले यो जोडीलाई पनि बेन र जेनिफरसँग तुलना गरेका हुन् । जोली र दि विकेन्डको रोमान्सको इतिहास पुरानो नभए पनि बेनिफरको भन्दा कम रोचक नरहेको टिप्पणी हुन थालेको छ ।
जोली र दि विकेन्डले आफूहरू अफेयरमा रहेको कुरा सार्वजनिक रुपमा स्वीकार गरेका छैनन् तर उनीहरूले पापाराजीलाई पन्छाउने पनि गरेका छैनन् । पापाराजीले थुप्रै अवसरमा दुवैलाई सँगै कैद गरेका छन् । ब्राड पिटसँग अलग भएपछि जोली पहिलोपल्ट दि विकेन्डसँग सार्वजनिक स्थानमा देखिन थालेकी हुन् ।
उनलाई नयाँ वर्षमा पनि गायकसँगै इटालियन रेष्टुरेन्टमा पापाराजीले भेटेका थिए । एबेल टेस्फय असली नाम भएका विकेन्डको नाम जोलीसँग जोडिनुअघि चर्चित मोडल बेला हाडिडसँग जोडिने गरेको थियो । सन् २०१९ मा जोलीको झैँ उनको पनि छुट्टानाम भएको थियो ।
जोली र विकेन्डको अफेयरको खबरलाई विकेन्डको भर्खरै सार्वजनिक एल्बम ‘डनएफएम’ले पनि पुष्टि गरेको धेरैको टिप्पणी छ । ‘हियर वि गो’ बोलको गीतमा विकेन्डले मेरो नयाँ केटी मुभी स्टार रहेको आशयको गीत गाएका छन् । यो गीत सार्वजनिक भएसँगै दुवैका फ्यानले अफेयरमा रहेको आशंका गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया